बागलुङमा पहिरोले गोठ भत्कियो, एकजना बेपत्ता

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् । अविरल वर्षात्का कारण गोठमाथिबाट पहिरो खस्दा टेकबहादुर खातीको गोठ पुरिएको र उनि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

रिजालका अनुसार गोठमा रहेका दुई भैँसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ ।

प्रतिक्रिया