नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

बाजुरा । नेकपा बुढीनन्दा नगरपालिका वडा नं ५ वडा संगठन कमिटीको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी नेकपा वडा संगठन कमिटीले कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बुढीनन्दा नगरपालिका वडा नं ५ अल्सेवारीमा सम्पन्न कार्यक्रममा वडा भित्रका योजना तथा तर्जुमा र पार्टी संगठन कमिटीका बारेमा समिक्षा गरीएको नेकपा वुढीनन्दा नगर संगठन कमिटी अध्यक्ष जंगवीर रोकायाले बताए ।

वडा नं ५ वडा संगठन कमिटी अध्यक्ष टंक बहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य सांसद बलदेव रेग्मी प्रमुख अतिथी रहेका थिए ।

त्यस्तै जिल्ला कमिटी सदस्य रामकला ल्वार, शस्तराम विष्ट, निर्वाचन क्षेत्र कमिटी सदस्य रुद्ध बहादुर मल्ल, समाज सेवी गोरख बहादुर मल्ल, बुढीनन्दा नगर संगठन कमिटी अध्यक्ष जंगविर रोकाया, नगर कमिटी सदस्य तथा वडा कमिटी इन्चार्ज उपेन्द्रबहादुर मल्ल लगायत अतिथी रहेको बताईएको छ ।

वडा नं ५ वडा संगठन कमिटीका सहसचिव खगेन्द्र विष्टले सञ्चालन गरेको कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रताको वाग्लो उपस्थीति रहेको नेकपा वुढीनन्दा नगर संगठन कमिटीका कार्यालय सदस्य तुलाराज मल्लले जानकारी दिए।

प्रतिक्रिया