टाटा अल्ट्रोज बजारमा

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज डिजिटल प्रविधिमार्फत बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टका रूपमा यसैवर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।  सिप्रदीले यस्को सुरुवाती मूल्य २९ लाख १९ हजार निर्धारण गरेको छ ।  सिप्रदीले मुलुकभरका सबै डिलरमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ पनि खुला गरेको छ । टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एक मात्र गाडी हो । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरेअफ इन्डस्ट्रिज फस्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।  सो अवसरमा टाटा मोटर्सका प्यासेन्जर भेहिकल–इन्टरनेसनल बिजनेस हेड सुजन रोयले अटोमोटिभ इन्डस्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेको बताए । उनले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउनेमा जोड दिए ।

त्यसैगरी सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा खुसी छौं । प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । यो हाम्रा लागि महŒवपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डस्ट्रिज बेन्चमार्क सेट गरेका छौं । नयाँ मोडलका गाडीले क्लास लिडिङ डिजाइन, सुरक्षित, प्रविधियुक्त र ड्राइभिङ डाइनामिक्सलाई पुनःपरिभाषित गर्छ ।’ यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा रहेकोे मल्टिड्राइभ (सीटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्छ । साथै यस सेग्मेन्टमै उत्कृष्टलेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडलस्टप÷स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङवाइपर र हिडन डोर्स ह्यान्डललगायतका अति उत्कृष्ट विशेषता रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया