मनकारी परिवार : नाग्मका पहिरो पिडितलाई अमेरिका सहयोग

काठमाडौं । कालिकोट जिल्लाको तिलागुुफा नगरपालिका १ नाग्मका पहिरो पीडितलाई मनकारी एक परिवारले राहत दिएका छन् । तिलागुफा नगरपालिका जुबिथाका एक सिङ्गो परिवारले पहिरोमा ज्यान गुमाएका हरुको आफन्तलाई राहत वितरण गरेका हुन । अमेरिकाको भर्जिनिया राज्यमा कर्मथलो बनाई बसोबाँस गर्दै आएका उनी तिलागुफा नगरपालिकाको जुबिथामा जन्मिएका हुन । समाजसेवी नन्दा शाही र बिकास शाहीले पहिरोमा ज्यान गुमाएका मृतकका परिवारलाइ आफ्नो ब्यक्तीगत केही रकम राहत स्वरुप सहयोग गरेका छन।

नाग्ममा मिति २०७७ भाद्र १२ गते गएको पहिरोमा परि ज्यान गुमाएका १० जना मृतकका आफन्त र परिवारजनहरुलाई सहानुभूति, भेटघाट र सम्बेदना सहित सहयोग गरेका छन । पहिरो बाट मृत्यु भयका प्रत्येक परिवारलाई नगद ६२ हजार सवैलाइ सहयोग गरिएको युवा विद्यार्थी नेता प्रकाश शाहीले बताए ।

नन्दा शाही र बिकास शाहीको यो महत्त्वपूर्ण सहयोग र समाजसेवी भावनालाई तिलागुफा नगर प्रमुख रतन बहादुर शाहीले धन्यवाद दिएका छन् । नगर प्रमुख शाहीले भने आगामी दिनमा यस्तै सकारात्मक भावनाको विकासका लागि सदैभ सहयोगको अपेक्षा गर्दछौ । नन्दा शाही र विकास शाहीले धन कमाएर धनी बन्नु छैन गरिब दुखिको सेवामा केही राम्रो काम गर्न पाउँदा मन आफै सन्तुष्ट हुने बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया