फिदिम नगरले क्वालिटियुक्त विद्यालय बनाउने

पाँचथर । फिदिम नगरपालिकाले नगर भित्रका विद्यालयलाई वैज्ञानिक, क्वालिटियुक्त बनाउने भएको छ । बिहिबार भएको विज्ञान दिवशका अवसरमा नगर प्रमुख ओनाहाङ नेम्वाङले उक्त विषयमा प्रतिबद्धता जनाए ।

नेम्वाङले विद्यालयले डाक्टर, इञ्जिनियर बनाउन प्रोत्साहन स्वरुप १४ लाख रकम नगरले बिनियोजन गरिसकेको र त्यो रकम फ्रिज हुन नदिन विज्ञान शिक्षकहरुलाई आग्रह गरे ।

जुम प्रविधिबाट नेम्वाङले अन गरी दिवशलाई उद्घाटन गरेका थिए । नगरपालिकालाई स्थानीय स्तरमा विज्ञान दिवश मनाउन मन्त्रालयको पत्र आए अनुसार फिदिम माविका विज्ञानका बिद्यार्थिहरु र अभिभावकहरुमाझ प्रस्तुतिसहित दिवश मनाइएको नगर शिक्षा अधिकृत निर्मला दाहाले जानकरी दिईन् ।

यो विज्ञान दिवश फिदिममा मनाइएको पहिलो रहेको सहभागीहरुले जनाए । विज्ञानको युगमा प्रविधिलाइ प्रयोग गर्र्ने अवसर आएको जनाउँदै स्वास्थ्य गुणस्तरीय जिवनका लागि विज्ञान नारालाई साकार बनाउन लाग्नु पर्नेमा नगर प्रमुख नेम्वाङले जोड दिए ।

त्यस्तै फिदिम नगर प्रमुख प्रशासकिय अधिकृत अम्बीका अधिकारीले धर्म सत्य हो, विज्ञान पनि सत्य हो, धर्मसास्त्र पनि विज्ञान हो, विज्ञानमा आश्रीत आदिमकालको भाषा पनि विज्ञानमा छ भन्दै विज्ञानको कृयाकलाप जिवनसैलिमा र व्यवहारमा विज्ञान रहेको व्यक्त गरे । अधिकारीले शिक्षालाई राज्यले ६० प्रतिशत रकम बिनियोजन गरेकाले शिक्षामा बैज्ञानिकरणहुन आवस्यकता औँल्याए । उनले शैक्षिक गुणस्तर वढाउन शिक्षकहरुको भुमिका रहने बताए ।

विद्यार्थिका लागि कोरोनाका कारण पठनपाठन नभइरहेका बेला विज्ञान दिवशले प्रविधिले सचेतना दिने र विद्यार्थिहरुले अनलाइनबाट शिक्षा हिासिल हुने भनिएको छ । नगरको आयोजनामा मनाइएको दिवशमा विज्ञानका शिक्षक कमल प्रसाद बाँस्कोटा, बाईलोजिका शिक्षक तारा भट्टराई, विज्ञान शिक्षक लक्ष्मी सिगु, राम ओझा, फिदिम माविका प्रअ विनोद कुमार ठाकुरले स्वास्थ्य, बिज्ञानराज पौडेलले विज्ञानका विषयमा विषयगत सञ्चालन गरेका थिए ।

प्रतिक्रिया