घिमिरेको सम्झनामा ‘उनको प्रिती’

काठमाडौं । कविवर माधवप्रसाद घिमिरेले ५३ वर्षअघि लेखेको गीत ‘उनको प्रिती’ को पुनः निर्माण गरिएको छ । यसअघि २०६० सालमा गायक नारायण रायमाझीले संगीत गरेर रेकर्ड गरिएको उक्त गीतलाई घिमिरेको निधन भएको २७ दिनपछि पुनः रेकर्ड गरी सार्वजनिक गरिएको रायमाझीले बताए । उनले घिमिरेको सम्झनालाई चीरस्थायी बनाउने लक्ष्य राखेर केही फरक शैलीमा गीत बजारमा ल्याइएको सुनाए ।
लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको २ भदौमा १०१ वर्षको उमेरमा निधन भएको थियो । पहिलो पटक २०६० सालमा उक्त गीतमा गायक जगदिश समाल र गायिका सपना श्रीले आवाज भरेका थिए । अहिले यस गीतमा नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वर रहेको छ ।

सार्वजनिक गीतको भिडियोलाई रिमा इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको छायांकन तथा सम्पादन मिराज अर्यालको रहेको छ । त्यस्तै, संगीत संयोजन र मिक्सिङ क्रमशः बिबी अनुरागी र श्यामश्वेत रसाइलीले गरेका छन् । उक्त गीतमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, विन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।घिमिरेको

प्रतिक्रिया