एनआइसी एसिया र कन्टिनेन्टल ट्रेडिङ सम्झौता

काठमाडौ । एनआइसी एसिया बैंक लिमिटेड र किया ब्रान्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल टे«ेडिङ इन्टरप्राइजेज प्रालिबीच बैंकलाई वित्तीय साझेदर बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त ब्रान्डका कार बिक्री गर्दा कम्पनीले बैंकलाई वित्त साझेदर बनाउने र बैंकले किया ब्रान्डका उपभोक्तालाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८ दशमलव २५ प्रतिशत व्याजदर तथा शून्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाले भरिपूर्ण कर्जामार्फत किया ब्रान्डका कार ग्राहकले खरिद गर्न सक्नेछन् ।  कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा बिक्री गरिने किया ब्रान्डका कार खरिद गर्दा काठमाडौंका उपभोक्ताले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकले लिन सक्नेछन् ।

बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम दुई करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ । बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यावसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक कन्टिनेन्टलबीच भएको हो ।

बैंकको ‘सुपर चामत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको व्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले व्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८ दशलमव २५ प्रतिशत वा बेसरेट ८ दशमलव २५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै कर्जाको व्याजदर कायम गर्ने व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया