नगर प्रमुख बस्नेत कोरोनामुक्त

नागार्जुन । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट संक्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसोलेसनमा बसेका उनि कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । आगामी असोज ४ गतेदेखि उनि कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया