सिन्धुलिको छोरो प्रसुन सर्वोकृष्ट लेखक तथा निर्देषक

काठमाडौं । सिन्धुली जिल्ला पुर्ख्यौली घर भई हाल काठमाडौंमा चलचित्र क्षेत्रमा लागिपरेका प्रसुन सिन्धुलीय एक लेखक, निर्देशक, र चलचित्रकर्मीका रुपमा परिचय बनाएका छन् । जसमा प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट भएको छ ।

उनि र उनको टिमले विभिन्न कविका कविताका उत्कृष्ट कलात्मक भिडियोहरु बनाउँदै आएको छ । नेपाली सेनाले २०६७ सालदेखि गर्दै आएको ‘लघु चलचित्र प्रतियोगिता’ २०७६ सालको संस्करणको नतिजा प्रकाशित भएको छ । जसमा प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट भएको हो ।

बन्दाबन्दीले तोकिएको मितिभन्दा करिब ५ महिना पछाडि धकेलिदिएको समापन र पुरस्कार वितरण समारोह २६ गते शुक्रबार जंगी अड्डा, सुन्धाराको भव्य हलमा उत्कृष्ट दश चलचित्रको प्रोजेक्शन सहित गरिएको थियो ।

समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासहित निर्णायकहरु र सहभागी अन्य उत्कृष्ट दश चलचित्रका प्रतिनिधिको उपस्थिति रहेको थियो । उक्त लघु चलचित्र प्रतियोगितामा ३८ वटा चलचित्र सहभागी भएका थिए । उत्कृष्ट दश स्क्रिप्टलाई जनही ३५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट भएसँगै प्रसुन सिन्धुलीयको टिमले उत्कृष्ट स्क्रिप्टको नगदसहित नगद दुई लाख ३५ हजार र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने पुरुषोत्तम बस्नेतको ‘रगत’ र तृतीय हुने वसन्त शर्मा अधिकारीको ‘लक्ष्य’ ले क्रमश १,५०००० र १,००००० नगद पुरस्कार पाएका थिए ।

जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नतिजाको विवरण सार्वजनिक गरेको छ । पुरस्कार पाएपछि हौसिएका चलचित्र निर्देशक सिन्धुलीयले ‘बन्दाबन्दीले थिलथिलो बनाइदिएको मस्तिष्कलाई पुरस्कारले मलजल गरिदिएको’ अभिव्यक्ति दिए । ‘यो मेरो मात्र जित हैन, हामङरो समूहकै जित हो, सबै सिनियर र साथीहरूको सहयोगले यो सम्भव भएको हो’, उनले भने ।

सर्वोत्कृष्ट पुरस्कृत भएको चलचित्र ‘देशलाई छुने पाइला मा रङ्गकर्मीहरूको वर्चश्व थियो । सिनियर रङ्गकर्मी टंक चौलागाईँ, इङ्गी होपो कोइँच सुनुवार,सबिर चुरौटे, सुचित्रा उप्रेती, हीरा महर्जन र लिजा मोतेको अभिनय रहेको थियो । कथा, पटकथा, निर्देशन प्रसुन सिन्धुलीयकै रहेको थियो भने प्रकेश सिन्धुलीयले सम्पादनमा साथ दिएका थिए ।

प्रतिक्रिया