काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाईका लागि सरकार छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने योजनामा अघि बढेको बताएका छन् । बुधवार नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूसँगको अन्तर्क्रिरयामा मन्त्री पोखरेलले भने, ’ मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु ।’ प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिएको भन्दै पोखरेलले भने ( ’ त्यस्तो टेलिभिजनले बिहान माध्यमिक तहलाई , दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ । ’
मन्त्री पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिने प्रतिवद्धता समेत दोहो¥याए । मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने बताए । पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने समेत बताए ।
कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाईलाई सवै विद्यार्थीको पहुंचमा पुर्याउनुपर्ने धारणा राखेका थिए । यसैगरी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षा वारे अविलम्ब निर्णय गर्न आग्रह गरेका थिए । भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत , रश्मि आचार्य , तिलकराज भण्डारी , दिपक देवकोटा , पञ्चा सिंह , सुनिता वराल , विजय गौतम, उत्तम अधिकारी लगायत ३१ जना विद्यार्थी नेताहरुको सहभागिता रहेको थियोे ।
अन्तर्क्रिरया कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाईको पुनरावलोकन गरि थप प्रभावकारी वनाइनुपर्ने , शैक्षिकसत्र हरहालतमा जोगाउनु पर्ने , अवरुद्ध परीक्षाहरु वैकल्पिक विधिवाट संचालन गरिनुपर्ने , पहुँच नहुने विद्यार्थी कहाँ पहुँच पुर्याउनु पर्ने , कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायतका विषय उठाएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया