कोरियामा फेरि कोरोना महामारीले फैलियो

सउल । कोरियामा कोरोना संक्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ ।

जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ ।

यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । विशेष गरी सभा र्यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो ।

हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ७६१ पुगेको छ । – रासस

प्रतिक्रिया