खोजखबर

सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका ११ जनाको पहिचान

सौर्य अनलाइन २०७७ साउन ३१ गते १२:१९ मा प्रकाशित

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् ।

पहिरोमा परेका २७ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।

आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय