विपद् व्यवस्थापन समिति सिरहाद्वारा लाईफ ज्याकेट सहयोग

सिरहा । धनुषा सीमानाको रुपमा बग्ने नेपालको दोस्रो स्तरको कमला नदी वाररपार गर्न मानिसहरुलाई ठूलो जोखिम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद हेमनारायण यादवको स्मृतीसभा साम्बोधन गर्दा २०७७ जेष्ठ २ गते पुल उद्घाटन हुन जनतासँग प्रतिवद्धता गरेका थिए । तर, उक्त पुल आजसम्म जस्ताको तेस्तै अवस्थामा रहेको छ ।

दैनि रुपमा सिरहा–धनुषा आवतजावत गर्नेहरुलाई नदी पान गर्न जोखिमपूर्ण डुङ्गामा यात्र गर्नुपर्ने बाध्याता रहेको छ । हाल सिरहा नगरपालिका– ६ बसफिटा घाटमा दुई वटा डुङ्गा सञ्चालनमा रहेको छ । पुल निर्माणको अवस्थाका कारण उक्त घाटमा पानीको बहाव तथा गहिरो खाल्डो बनेको कारण जोखिम बढेको हो ।

स्थानीय विपद व्यवस्थापन समिति सिरहाद्वारा सिरहा र धनुषाको कमला नदिको वसबिट्टा घाटमा डुङ्गा चालक र यात्रुहरुका लागि लाईफ ज्याकेट निःशुल्क डुङ्ग सञ्चालकलाई प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, सशस्त्र प्रहरी बल प्रमुख तथा नेपाली सेना प्रमुखको उपस्थितिमा करिब ४० थान सेफ्टी लाईफ ज्याकेट उपलब्ध गराएको हो ।

विपद् व्यवस्थापन समितिको संयोजको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले कमला नदीको जोखिमपूर्ण यात्रालाई सहज र सुरक्षित बनाउन लाईफ ज्याकेट धेरै नै सहयोगी हुने बताए ।

स्थानीय विपद् व्यवस्थापन समिति सिरहाले उपलब्ध गरेको लाईफ ज्याकेट तथा कमला नदीमा ढुंगा सञ्चालन गर्नका लागि पालना गर्नुपर्ने निर्देशकलाई ध्यानमा राखि कार्य गर्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पंजियारले अनुरोध गरे ।

कोरोना माहामारीको बेला लाईफ ज्याकेट प्रयोग तथा डुङ्गा सञ्चालनमा थप सुरक्षितका साथ कार्य गर्न निर्देशन दिए । उक्त लाईफ ज्याकेट प्रयोग सम्बन्धित क्रियाकलप पनि सशस्त्र प्रहरी बलका जवानले प्रयोग गरी प्रत्यक्ष रुपमा देखाएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए ।

प्रतिक्रिया