सिन्धुपाल्चोकको पहिरो अपडेटः पाँचको उद्धार, ३६ जना बेपत्ता

काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– २ मा गएको पहिरोबाट ३६ जना बेपत्ता भएका छन् । सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारी अनुसार उक्त पहिरोबाट ३६ जना बेपत्ता भएको र अहिलेसम्म कसैलाई पनि निकाल्न सकिएको छैन ।

सभामुख सापकोटा घटनास्थल पुगेका छन् । घाइते पाँच जनाको उद्धार गरेर थप उपचारका लागि चौतारा पठाएको सल्लाहकार न्यौपानेले बताए । उनका अनुसार अझै यती घर पुरिएको र त्यसबाट भएको क्षेतिबारे विवरण आउन सकेको छैन । त्यो क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र पर्दछ ।

प्रतिक्रिया