खोजखबर

दुई लाखभन्दा बढी घुससहित इन्जिनीयर साह रङ्गेहात पक्राउ

सौर्य अनलाइन २०७७ साउन २६ गते १२:०७ मा प्रकाशित

काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौं आएको सूचनाको आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय