२४ घण्टामा थपिए ४६४ जना संक्रमित, निको भए ४२५ जना

काठमाडौं । शुक्रबार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ४६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २२ हजार २१४ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार जना संक्रमित थपिएका हुन् । यसैगरी, १५ हजार ८१४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ७० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया