नमुना विद्यालयका लागि सुझाव संकलन

पाँचथर । सदरमुकामस्थित फिदिम माविलाई नमुना विद्यालयका रूपमा विकास गर्नका लागि सरोकारवालाबीच रायसुझाव संकलन गरिएको छ । बुधबार सरोकारवालाबीच माविलाई नमुना बनाउन विविध विषयमा बैठक र अन्तर्क्रिया या गरिएको हो ।

नेपाल सरकारले फिदिम माविलाई नमुना विद्यालयमा सूचीकृत भए लगतै बैठक र पैरवीमा विद्यालय परिवार लागेको छ । नमुना विद्यालयका लागि भेला भएका बौद्धिक व्यक्तित्वहरूले आआफ्ना राय सुझाव राखेका थिए । भेलामा शिक्षामा गुणस्तर र भौतिक संरचना सुधार्नुपर्नेमा सबैले जोड दिएका थिए । कार्यक्रमलमई माविका प्रअ विनोदकुमार ठाकुरले नमुना विद्यालयको अवधारणा पत्रसहित औचित्यबारे प्रकाश पारेका थिए । शिक्षक हरिश्चन्द्र लावतीले योजना कार्यान्वयनको उद्देश्य प्रस्तुत गरेका थिए ।

फिदिम नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला दाहालले शिक्षामा गुणस्तरीय शिक्षा, अपांगता र बालमैत्री हुन जोड दिएकी थिइन् । विद्यालयलाई नेपाल सरकारले दिएको १ करोड ५० लाख रकम भौतिक र शैक्षिक क्षेत्रमा खर्च हुँदै जाने प्रअ ठाकुरले जनाए । फिदिम मावि २००६ सलामा स्थापना भई नमुना विद्यालयमा परिणत हुन लागेकाले गुरुयोजनामा लागेको र काम थाल्न हतारो परिरहेको ठाकुरले बताए ।

विद्यालयका पूर्व शिक्षक हरिप्रकाश सुवेदी, शिक्षा समाजसेवी दिनानाथ घिमिरे, पूर्व शिक्षिका सावित्रीदेवी गुरुङ, पाँचथर बहुमुखि क्याम्पसका प्राध्यापक लक्ष्मीप्रसाद ढुंगाना, प्राविधिक लक्ष्मी सुवेदी, पूर्व शिक्षिका शान्ता गौतम, पुर्व प्रअ दुर्गा खत्री लगायतकाले विद्यालयको भौतिक, आर्थिक पक्षलाई पारदर्शिता गरी अगाडि बढ्न सुझाव दिएका थिए ।

गुरु योजना बनाउन सरोकारवालाहरूले दिएको सुझावबाट अगाडि बढ्ने भन्दै शिक्षक हेमकृष्ण चापागार्इंले धन्यवाद ज्ञापन गरेका थिए । अतत्र्रिmया कार्यक्रममा उपस्थितलाई शिक्षक–अभिभावक संघका अध्यक्ष प्रयागराज सुवेदीले स्वागत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नेम्वाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया