हाललाई देशभर लकडाउन हुँदैनः मन्त्री खतिवडा

काठमाडौं । सरकारले हाललाई देशभर लकडाउन नगरिने बताएको छ । बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने जानकारी दिए ।

उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसकारे प्रष्ट पारेका हुन् । साथै, डा. खतिवडाले कोरोनाको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने बताए ।

कोरोना संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको खतिवडाले बताए ।

प्रतिक्रिया