खोजखबर

कालोपुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सौर्य अनलाइन २०७७ साउन १९ गते १४:३१ मा प्रकाशित

काठमाडौं । महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय