बैंक अफ काठमाण्डूद्धारा आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एकाउन्न हजार सहयोग गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको हो ।

आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आएका छन । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरे ।

प्रतिक्रिया