अम्बिकाको ‘वीर गोर्खाली’ सार्वजनिक

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द तथा गायक संगीतकार शंकर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गीत ‘वीर गोर्खाली’ सार्वजनिक भएको छ । भावसागर इन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौ वार्षिकको अवसरमा सार्वजनिक गरिएको गीतमा देशप्रेमको विषयलाई उधिनिएको छ ।

गायक शंकरकै संगीत रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । गीतको भिडियोलाई निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका छन् । राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियोलाइ हेरेर जोकोहीले पनि आफ्नो देशको लागि गर्व गर्न सक्ने निर्देशक कश्यपले बताए । गीतकार गुरुङले निर्देशक कश्यपले भिडियो निकै राम्रो बनाएको प्रतिक्रिया दिँदै देशको मायालाई गीतले उठान गरेको बताइन् ।

प्रतिक्रिया