प्रादेशिक कविताको इतिहास

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य÷काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ गरेको जानकारी दिए ।

प्रा.डा.पौडेलले नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश १ का लागि प्रा.डा. भोलानाथ पोखरेल, प्रदेश २ का लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा.डा. यदुनाथ ढकाल, प्रदेश ५ का लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगत्प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको बताए ।

प्राज्ञ प्रा.डा. पौडेलले भने, ‘प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ ।’ उनले नेपाली कविताको तलैदेखि इतिहास लेखन गर्ने लक्ष्यका साथ काम थालिएको बताए ।

प्रतिक्रिया