डा.रंगिना लाइकंगबमले सफल पारिन् दुरबिनको माध्यमबाट पाठेघरको शल्यक्रिया

काठमाडौं । राजधानीस्थित ब्लुक्रस अस्पतालमा कार्यरत डाक्टर रंगिना लाईकंगबमले पहिलो पटक दुरबिनको माध्यमबाट महिलाको पाठेघरको शल्यक्रिया गर्न सफल भएकी छन् ।

जर्मनस्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग विशेषज्ञमा थप डिग्री हासिल गरेर केहि वर्षदेखि वरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुरबिनबाट अप्रेसन गरिने विधी) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरीरहेकी डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक उक्त ब्लुक्रस अस्पतालमा डे केएर हिस्टेरेक्टोमीको शल्यक्रिया गर्न सफल भएकी हुन् ।

यस्तै, उक्त डे केएर हिस्टेरेक्टोमी प्रविधिबाट शल्यक्रिया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यक्रिया दुरबिनको माध्यमबाट गरेर मात्र ६ देखि ८ घण्टामा हिँडेरै घर फर्कन सकिने र बिरामीको समय निकै वचत भई आर्थिक रुपमासमेत फाईदा हुने डा. लाईकंगबमले बताइन् ।

विश्वको कयौँ देशमा यस प्रविधिबाट पहिलादेखि नै शल्यक्रिया भईरहे पनि नेपालको हकमा भने डा. रंगिनाले नै पहिलोपटक सफल शल्यक्रिया गरेको उनले जानकारी दिइन् । विदेशमा रहेर अध्ययन गर्दा देखेको अत्याधुनिक प्रविधिले नेपाली महिलाहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले साकार भएको डा. लाईकंगबमको भनाइ रहेको छ ।

योससँगै डा. लाईकंगबम उक्त अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी र अन्य डे केएर गाईने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस अस्पताल पहिलो निजी अस्पतालको रुपमा दिखिएको छ । उनले अब कुनैपनि नेपाली महिलाहरुले आवश्यक परेको खण्डमा विश्वस्तरीय त्यस खनलको शल्यक्रिया उक्त ब्लुक्रस अस्पतालमा गराउन सकिने बताएकी छन् ।

तीन दशकदेखि ‘सुरक्षित, स्तरिय तथा सन्तुष्टि’ को मुल नारा लिएर यस स्वास्थ्य सेवामा राष्ट्रलाई योगदान दिन त्रिपुुुरेश्वर–११ मा रहेको उक्त ब्लुक्रस अस्पताले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई एवं डाईलेसिस सेवा सूचारु गर्दै विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै, पछिल्लो समय धेरै व्यस्त समयको मागलाई आत्मसाथ गरि उक्त अस्पतालले नविनतम प्रविधिमार्फत आवश्यक बिरामीहरुलाई सरल र सुविधाजनक स्वास्थ्य लाभको अवसर समेत प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया