प्रेस काउन्सिलको सदस्य–सचिवमा शर्मा

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक कार्यक्रमबीच काउन्सिल सदस्य–सचिव किरणराज शर्मालाई स्वागत गरेका छन । उमेर हदका कारण प्रेस काउन्सिल सदस्य–सचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव किरणराज शर्मा आएका हुन । प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्य सचिवको रुपमा विभागका महानिर्देशकलाई तोकेको छ ।

उनी यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्दै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवकोरुपमा उनको जिम्मेवारीबारे जानकारी गराए ।

 

प्रतिक्रिया