छायाँनाथ धामको तीर्थयात्रा सुरु (फोटो फिचर)

SONY DSC

मुगु । विश्वभरी फैलिको कोराना भाइरस माहमारीकै बिच छायाँनाथ धामको तिर्थयात्रा सुरु भएको छ । विभिन्न धाम मध्येको जेठो धामका रुपमा चिनिँदै आएको छायाँनाथ धामको तीर्थयात्रा मंगलबारबाट सुरु भएको हो ।

छायाँनाथ रारा नगरपालिका– २ चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा सुरु भएको मानिन्छ ।

SONY DSC

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसँगै छायाँनाथ धाम तीर्थयात्र सुरु भएको पूजारीहरु बताउँछन् ।

मंगलबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायाँनाथ धाममा आउने गरेका भए पनि यो वर्ष कोराना भाईरसको कारण संक्रमण बढ्न सक्ने भन्दै जिल्ला बाहिरका भक्तालुलाई छायाँनाथ धाम जान रोक लगाईएको छ भने जिल्ला भित्रका लागि मात्र अनुमति दिईएको छ ।

जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा वरदान माग्न तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ ।

छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । मंगलबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछन् ।

यसैबीच, बुधबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिकस्थल क्रृणमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन् । त्यहाँ पनि जिल्ला बाहिरका तीर्थालुलाई दर्शन गर्न रोक लगाईएको छ ।

कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरुमा विभिन्न ठाँउ तथा क्षेत्रहरुका भक्त्तालुहरुको भीडभाड हुने र कोरोना समुदाय स्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले श्रावण महिनामा छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा आउने भक्तालुजनहरुलाई नपठाई दिन भन्दै पत्रचार गरेपछि यो वर्ष भक्तालुहरु मुगु आउन नपाउने भएका हुन् ।

SONY DSC

जिल्ला प्रशासन कार्यालय मुगुले छायाँनाथ धाम र क्रृणमोक्ष मन्दिरमा आफ्ना कुलदेउता, धामी, झाँक्रीहरुलाई शुद्ध गराउन र मनोईच्छा प्राप्ती गर्न बढी भक्तालुहरु आउने जुम्ला, हुम्ला, डोल्पा, कालिकोेट र बाजुरा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखि त्यहाँ जिल्लाहरुबाट उल्लेखित धार्मिक स्थलहरुमा आउने भक्तजनहरुको आवतजावतलाई रोकिदिन भन्दै अनुरोध गरिएको छ ।

हिन्दु धर्मालम्विहरुको प्रमुख आस्थाको केन्द्र मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरनाका कारण भन्दै आवगमनमा रोक लगाएपछि अब के गर्ने कसरी आउने भन्दै चिन्ता प्रकट गरेर टाढा–टाढा जिल्लाहरुबाट आफूलाई सम्पर्क गर्ने गरेको पण्डित लक्ष्मीप्रसाद उपाध्यायले बताए ।

छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै्र महिना हिउँ जम्ने हिमालमा भएकाले दैनिक पूजाआजाका लागि महादेव र सतीदेवीका मूर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं. २ चैनगाँउमा रहेका छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा राखिँदै आएका छन् ।

प्रतिक्रिया