विश्व

भारतमा थपिए एकैदिन ४९ हजार जना कोरोना संक्रमित

सौर्य अनलाइन २०७७ साउन १० गते १४:४१ मा प्रकाशित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार संक्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय