दैलेख । दैलेखको गुराँस गाउँपालिका– ७ ओख्रेनी कि पूर्णिमा बुढा मगरलाई दुवै मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । घरको आर्थिक स्थिति न्यून भएकोले २० वर्षीया उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक सहयोगको अपिल गरिएको पूर्णिमाका बुवा दलसिंह बढाले बताए ।
उनका अनुसार गत फागुनदेखि आँखामा समस्या आएकोले नेपालगञ्ज टिचिङ अस्पतालमा भर्ना गराएको थियो । त्यहाँ उपचार गर्दा आँखा अप्रेसन गर्नुपर्ने बताएकोले काठमाडौं फुल्टेग्रा अस्पतालमा भर्ना गर्दा डक्टरले उनको आँखा मात्र नभई उनको अन्य कारणले आँखा बन्द भएको बताएपछि उनी छोरीलाई लिएर टिचिङ अीपतालमा भर्ना भएका थिए ।
त्यहाँ उनको दुवै मृगौलाले काम नगर्ने र मृगौला प्रत्यारोपण गर्नुपर्ने भनियो । उनले आर्थिक सहयोगको लागि सबैसँग गुहार गर्दा कोरोना भाइरसको कारण लकडाउनमा परेपछि उनलाई समस्या भयो । काठ्माण्डौं उपचार गर्न कठिन भए पछि गत वैशाख १० गते कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याइयो ।
उनको हाल मृगौला डाईलोसिस भइरहेको छ । जति सक्दो चाँडो अब दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह बमोजिम आर्थिक संकटमा उनी देखिन्छन् । हालसम्म छोरीको उपचारमा ६ लाख खर्च भइसकेको र घरको अवस्था नाजुक भएकोले उनले आर्थिक सहयोगको अपिल गरेका हुन् ।
उनलाई सहयोग गर्नेको लागि पूर्णिमा बुढामगरको बुवाको प्रभु बैंक शाखा कार्यालय गुराँस गाउँपालिका घोडा बास दैलेखमा रहेको खाता नं १५५०१२१०१७३०००११ रकम जम्मा गर्ने सकिने छ । साथै, सहयोग गर्ने जो कहिले उनको सम्पर्क नं. ९८६६५१८३३६ मा सम्पर्क गर्ने सकिने छ । सहयोगी भूमिका खेल्ने खेमराज बुढा (गुराँस गाउँपालिका–७ दैलेख) मोवाइल नम्बर ९८५८०७५९२६ मा र पदम खड्का (भगवतीमाई गाउँपालिका–३, दैलेख) मोवाइल नम्बर ९८४८२२५४७२ मा फोन गरी सहयोग गर्ने सकिने बताइएको छ ।
दैलेख
प्रतिक्रिया