काठमाडौंमा आजदेखि चल्न थाले साझा बस

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा आजदेखि बस सञ्चालनमा ल्याएको छ । बिहीबार बिहानदेखि साझा यातायातले बस सञ्चालनमा ल्याएको हो । २६ वटा बसबाट आफ्ना नौवटै रुटमा सेवा दिन लागेको साझा यातायातले जानकारी दिए ।

पहिला चलेका सबै रुटलाई प्राथमिकता दिएर २६ वटा बसमार्फत सेवा दिन लागेको ताइएको छ । यात्रुको चाप हेरेर बाँकी गाडीहरु पनि सञ्चालनमा ल्याइउने बताइएको छ । सरकारले तोकेअनुसार साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर साझाले सेवा दिन लागेको हो । सरकारले साबिकको भाडामा ५० प्रतिशत थपेर लिन पाउने निर्णय गरेको थियो ।

यस्तै बसका चालक, सहचालक एवं यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले तोकेको मापदण्डअनुसारै गाडी चलाउने साझाले जनाएको छ ।

प्रतिक्रिया