सिन्धुपाल्चोकमा पहिरोले घर पुरिदाँ ५ जना बेपत्ता

सांकेतिक तस्बीर

काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा ५ जना बेपत्ता भएका छन।

भोटेकोशी गाउँपालिका–४ का ग्यान्जेन शेर्पाको घर पुरिँदा शेर्पाकी आमा, श्रीमती, बहिनी र दुई छोरी पुरिएको स्थानीयले बताएक छन् ।

ग्यान्जेन भने काठमाडौंमा बस्दै आएका छन् । पहिरो राति करिब साढे १ बजेको आएको स्थानीयले बताएका छन् ।

प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।

प्रतिक्रिया