महिला लघुवित्त संस्थाद्धारा राहत वितरण

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ५९३ विपन्न घर परिवारलाई कोरोनका कारण समस्यमा परेको भन्दै राहत वितरण गरेको छ ।

काभ्रेको बनेपा नगरपालिका–१३ साँगमा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्थाले विभिन्न २९ जिल्लामा रहेको ५३ वटा शाखा कार्यालय मार्फत करिव ४५ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदानगर्दै आएको संस्थाका कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपालेले बताए ।

अधिकृत न्यौपानेको अनुसार वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र २०७६ चैत ११ देखि मुलुकमा जारी बन्दाबन्दीका कारण रोजगारी गुमाएका १९ वटा शाखा कार्यालयको कार्य क्षेत्रमा बसोवास गर्ने ५९३ घर परिवारलाई स्थानीय निकायहरुको सहकार्यमा २ लाख ४ हजार आठ सय चालिस रुपैयाँ बराबरको विभिन्न खाद्यान्न सामग्री वितरण गरेको छ ।

उक्त संस्थाले लामो समय देखि आर्थिक विपन्न र पिछडीएका समुदायमा बीचमा आय आर्ज र लघुवित्त सेवा प्रदान गर्दै आएको छ । मानविय सेवामा समर्पित संस्थाले कोरोना जस्तो महामारीमा आफ्ना संस्थामा आवद्धभएकाका लागि केही गर्नुपर्छ भन्ने भावनाले उक्त राहत वितरण गरेको उनले बताए । .

प्रतिक्रिया