आत्मप्रसंसा र व्यक्तिवाद, गरौँ सवले जय जयकार

केवल सत्तामा बसिरहने सपनामा मग्न हुन थालेपछि अरूलाई ढिम्कीन दिन चहादैन । आफु र आफ्ना अनुचरहरू वाहेक अरूको मुख हेर्न पनि चाहदैन । अलिकती सहि सुचना दिएर थोरै आलोचना गरेको पनि सुन्न कठिन हुन्छ । हो यसै गरी विस्तारै विस्तारै हाम्रो समाजमा समाजवादी बिचारको स्थान नव उदारवादी निरंकुशताले लिन्छ । जनमुखी विचारको स्थान धनमुखी बिचारले लिदै जान्छ । अन्ततः नव उदारवादी विसर्जनवाद हावी हुन्छ

आज अघि संसारका कम्युनिस्ट आन्दोलन भित्र देखिएका अधिकतम अन्तर संघर्षहरू शक्ति र सत्ताका लागि नै भएका थिए भन्नु सर्वथा भूल हुन्छ । यसैगरी आज अघि नेपाली कम्युनिस्ट पार्टी भित्र भएका अन्तरसंघर्षहरू पनि सिद्वान्त र बिचारको जामा लगाएर पदमा टाँसिरहने प्रवृत्ति र नेतृत्वमा पुगि हाल्ने महत्वाकांक्षाका बीचकै संघर्ष मात्र हो भन्नु जायज हुदैँन । के कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन भित्र हुने अन्तरसंघर्षहरू सत्ता र स्वार्थ केन्द्रीत मात्रै हुन त ? निश्चित रूपमा होइन, विश्व कम्युनिस्ट आन्दोलनमा बिचार र सिद्धान्तलाई केन्द्र बनाएर ठुल–ठुला वहस भएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा भएका बैचारिक वहसहरूले दुनियाँको चेतना स्तर माथि उठाउन ठुलो योगदान समेत गरेको छ । संसारमा भएका अधिकाश सिद्धान्त र बिचार केन्द्रित महा–वहसले कम्युनिस्ट आन्दोलनलाई एकता वद्ध र संगठित बनाउन समेत निकै सघाउ पुर्याएको इतिहास छ ।

भनिन्छ कार्ल मार्क्सले स्थापना गर्नु भएको कम्युनिस्ट आन्दोलन सर्वहारा वर्गको अगुवा दस्ता हो । यसले विश्वको श्रमिक आन्दोलनमा ठुलो सम्भावना लिएर आएको थियो । एकलौटी रूपमा चलेको पुँजँवादी साम्राज्यलाई विश्व कम्युनिस्ट आन्दोलनले औला ठड्याएर चुनौती दिएको थियो । युरोपमा एकलौटी शासन गरिरहेको पुँजीवादलाई तासको महल झै गर्ल्यामगुर्लुम ढालेर समाजवाद निर्माणको अभियान सुरू गरेको थियो । युरोप तिरमात्र होइन कम्युनिस्ट आन्दोलन संसार भरीका गरीव तथा श्रमिक वर्गको मुक्ति आन्दोलनको रूपमा विकाश हुदै गयो । विश्व कम्युनिस्ट आन्दोलन एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका श्रमजिवी वर्गका बीचमा झन लोकप्रिय आन्दोलनको रूपमा विकाश गरेको थियो । मार्क्सवादी बिचारमा आधारित वर्गीय आन्दोलन भएकोले यसले संसार भरीका श्रमिकलाई बैैचारिक आधारमा नै संगठित र आन्दोलित गरेको थियो ।

महाभारतलाई नै हेर्ने हो भने पनि पाण्डवको पत्तासाफ गरेर कुनैपनि हालतमा आफु राजा हुने दुर्योधनको महत्वाकांक्षा र शक्तिको अहंकारलाई साम्य पार्न असक्षम शासक धृतराष्ट्रको कारणले जवर्जस्त महाविनाशक महाभारतको युद्ध भयो । जसले स्वयम कौरवहरूको सम्पूर्ण विनाश गर्यो । लंकाका त्रिलोक विजयी राजा रावणको ‘एको अहम्’ भन्ने चरम आत्मप्रसंसा तथा अहंकार र त्यसैमा आधारित कामवासनाको परिणाम रामायणको विषण युद्ध भयो

अहिले आएर कसै कसैले कम्युनिस्ट आन्दोलनलाई केवल ट्रेडमार्कको रूपमा प्रयोग गरेको देखिदैँ छ । नेपालमा पनि कम्युनिस्ट आन्दोलनलाई केवल ट्रेडमार्कको रूपमा वुझ्ने र सत्ता प्राप्तिको साधन मात्र बनाउने काम गरिएको त होईन भन्ने प्रश्न उठ्न थालेको छ । २०५१ सालमा नेकपा एमालेको लोकप्रिय सरकार ढालेपछि नेपाली काग्रेसले आफ्नो नेतृत्वमा संयुक्त सरकार बनाएको थियो । लगत्तै नेकपा एमालेको पहलमा नेपाली काग्रेसको सरकार ढालेर राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले सहितको सरकार गठन गरियो । त्यती खेर नेकपा एमालेका अध्यक्ष कमरेड मनमोहन अधिकारीलाई राप्रपासँगको असैद्धान्तिक गठवन्धन पटक्कै चित्त वुझेको थिएन ।

वहाँको विश्लेषणमा राप्रपा जस्तो प्रतिगामी शक्तिसँगको गठवन्धनले अन्ततः कम्युनिस्टहरूको चरित्र स्खलित हुनु अनिवार्य थियो । अध्यक्ष कमरेड मनमोहन अधिकारीको विश्लेषण अनुसार आफ्नो सक्कली चरित्र गुमाए पछिको कम्युनिस्ट आन्दोलन केवल ट्रेडमार्कको रूपमा मात्र रहनेछ । आज हामीहरू हिडी रहेको दिशालाई गहिरो गरी विचार गरौँ त, हामीले व्यवहारमा अपनाएको आर्थिक सामाजिक नीति र कार्यक्रमहरूलाई गहिरिएर मनन गरौ त, के हामी कम्युनिस्ट पार्टीको नाममा ट्रेडमार्कको प्रयोग मात्र त गरिरहेका छैनौ ?

२०४८ सालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापनासँगै नेपाली कम्युनिस्ट आन्दोलनले एउटा सिद्धान्त निष्ट बिचारक पनि जन्मायो । तत्कालिन नेकपा एमालेका महासचिव जननेता कमरेड मदनकुमार भण्डारीले संसार भरी कम्युनिस्ट आन्दोलन विसर्जन तर्फ गैरहेको वेला नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ जीवन दिनुभयो । वहाँले पार्टीलाई एउटा आशामुखी नेतृत्वमात्र होइन क्रान्तिको नविन कार्यक्रम र सिद्धान्तको रूपमा जनताको वहुदलीय जनवाद, बिचारको क्षेत्रमा वहुलवाद र कार्यशैलीको रूपमा श्रमजीवी वर्गीय आचरणको कार्यशैली सहित नयाँ सोच पनि दिएर जानुभयो । आज हामी वहाँले अघि सारेका सिद्धान्त, बिचार र कार्यशैलीलाई समय अनुकुल व्याख्या र प्रयोग गर्दै अघि वढ्नुको सट्टा त्यसलाई सत्ता र पदसँग भजाएर खान मै मस्त भएका छौ ।

यस्तो खालको प्रवृर्तीले हामीलाई द्रुत गतिमा सिद्धान्त हिनता तिर अग्रसर गरेको देखिदैछ । हिजो आज देशका विभिन्न शहरहरूमा उरालीएकोको पार्टी कार्यकर्ताहरूको सिद्धान्त रहित जगजगी र जय जयकारको नारावाजी त्यसैको परिणाम हो । पार्टीको सामुहिक र विधि संगत निर्णय प्रणाली एकातिर, केही नेताहरूको चरमोत्कर्समा पुगेको आत्म प्रसंसाको इच्छा अर्को तिर भएर नै यस्तो विकृती आएको हो । पार्टीको सिद्धान्त र बिचारको कहि कतै साइनोसम्म जोडिएको देखिदैँन । नीति, विधी र विधानको स्थान मान भेटिदैन । केवल पद, प्रतिष्ठा र स्वार्थ केन्द्रित द्वन्दको रमणीय परिदृश्यमात्र देखिई रहेको छ ।

अझ नेतृत्व तहबाटै आफुलाई पार्टी र पार्टी प्रणाली भन्दा माथि राखेर पार्टी निर्णय अमान्य गर्ने खुल्ला घोषणाले यसलाई झन मजेदार बनाई दिएको छ । यस्तो खालको असैद्धान्तिक, बिचारहिन तथा सत्ता र शक्तिमा आधारित द्वन्द्वले अन्ततः पार्टीमा विभाजन मुखी अराजकता र विनास निम्त्याउने निश्चित छ । आजको दुनियाँमा ठुला वहस विवादहरु स्वभाविक मानिन्छ । पार्टीहरूमा जति सुकै अन्तर संघर्ष र द्वन्द्व भए पनि नेतृत्व सक्षम तथा लचिलो भैदिनै हो भने कुशलता पूर्वक व्यवस्थापन गर्न कुनै समस्या हुदैँन । जहाँ पार्टी नेतृत्व स्वयं व्यक्तिवादी आत्मप्रसंसावाद र अहंकारले ग्रस्त छ । त्यहा वहस, विवाद, अन्तर पार्टी संघर्ष र सामान्य द्वन्द्वको परिणाम समेत विखण्डन या विसर्जन हुन सक्ने खतरा रहि रहन्छ ।

हाम्रो सास्कृतिक धरोहर र परम्परा पनि ठुल्ठुला अन्तरसंघर्ष र लडाईबाट हुर्कदै आएको छ । महाभारतलाई नै हेर्ने हो भने पनि पाण्डवको पत्तासाफ गरेर कुनैपनि हालतमा आफु राजा हुने दुर्योधनको महत्वाकांक्षा र शक्तिको अहंकारलाई साम्य पार्न असक्षम शासक धृतराष्ट्रको कारणले जवर्जस्त महाविनाशक महाभारतको युद्ध भयो । जसले स्वयम कौरवहरूको सम्पूर्ण विनाश गर्यो । लंकाका त्रिलोक विजयी राजा रावणको ‘एको अहम्’ भन्ने चरम आत्मप्रसंसा तथा अहंकार र त्यसैमा आधारित कामवासनाको परिणाम रामायणको विषण युद्ध भयो । जुन युद्धमा रावणको वंश विनाश भयो । आपसी वैर भावकै कारण लडेका यदुवंशीहरू सवै सकिएपछि मात्र श्रीकृष्णले थाहा पाएकी सर्वविनाशक उक्त लडाई निरर्थक थियो । आधुनिक संसारमा समेत सत्ता–संघर्ष, अहंकार र चरम महत्वाकांक्षाका कारण कयौ शासकहरू समाप्त भएर गएका छन । आपसी लडाई झै–झगडा र वेतुकको हठ गरेर कोही उभो लागेको इतिहास छैन ।

सत्ता र शक्ति यस्तो चिज हो जस्ले व्यक्तिलाई अन्धो वनाई दिन्छ, यात उसै महान वनाई दिन्छ । सडकको एउटा प्युसो सत्ताको नजिक पुगेपछि आफुलाई हात्ती जस्तो शक्तिशाली ठान्न थाल्दछ । अलीकती सत्ताको वागडोर हातमा आउने वित्तिकै साधारण प्यादाहरू पनि आफ्नो हातमा संसार आएको महशुस गर्न थाल्दछन् । जहा स्वामित्व र मालिकत्वको कुरा आउछ । त्यहा विद्रोह अनिवार्य हुन्छ । शासक भनेका जनताको सेवा गर्न र दिन दुखी तथा असहायहरूलाई साथ दिन स्थापित गरिने कारिन्दा हुन् । जव कारिन्दाहरूले आफुलाई राज्यका मालिक र कार्यकर्ता र आम जनतालाई चाहिँ कारिन्दा या रैती वुझ्न थाल्छन् तव देश तथा जनताले असैह्य पिडा महशुस गर्नु सामान्य हुन्छ ।

जव सत्तामा पुगेका व्यक्तिले आफु अस्थाई भएको विर्सन थाल्दछन् । आफुलाई स्थाई र अजेय भएको अनुभूती गर्न थाल्दछ । उसले आफ्ना वरिपरी सत्ताका अनुचरहरूद्वारा प्रशंसाका गित गाउन थालेको देख्दछ । झकिझकाउ ढंगले स्वागतका फूल र मालाहरू पहिराइएको आनन्द लिन थाल्दछ । सवै प्रसंसकहरूले वरिपरी वसेर प्रसंसा गरीरहुन भन्ने ठान्दछ । नीजि प्रसंसा र पुजा गरेकोमा यती प्रफुल्लित र आनन्दित हुन्छ कि दुनियाँ विर्सन थाल्दछन । उ सधै सधै भरी यस्तै गरी वाँच्न पाए हुन्थ्यो, यसै गरी रम्न पाए हुन्थ्यो भन्ने सोचमा मग्न हुन थाल्दछ ।

सत्ता र केवल सत्तामा बसिरहने सपनामा मग्न हुन थालेपछि अरूलाई ढिम्कीन दिन चहादैन । आफु र आफ्ना अनुचरहरू वाहेक अरूको मुख हेर्न पनि चाहदैन । अलिकती सहि सुचना दिएर थोरै आलोचना गरेको पनि सुन्न कठिन हुन्छ । हो यसै गरी विस्तारै विस्तारै हाम्रो समाजमा समाजवादी बिचारको स्थान नव उदारवादी निरंकुशताले लिन्छ । जनमुखी विचारको स्थान धनमुखी बिचारले लिदै जान्छ । अन्ततः नव उदारवादी विसर्जनवाद हावी हुन्छ ।

हामीले वुझेको एउटा असल कम्युनिस्ट बिचारमा पक्का हुन्छ । अबल कम्युनिस्टहरू नीति र विधीमा समेत स्पष्ट र खरा हुन्छन । सहिमा कम्युनिस्टहरू आफ्नो वर्गीय अडानमा दृढ हुन्छन । कम्युनिस्टहरू देश र जनतालाई सर्वोपरी राखेर काम गर्ने सोच र दृष्टिकोण भएका राजनीतिक प्राणी हुन । उनीहरू सवैको कुरा सुन्न सक्ने क्षमता राख्दछन् । सवैको कुरा सुनेर सहि निर्णय गर्न सक्ने आँट राख्छन् । कम्युनिस्टहरू सवैको लागि कामगर्न सक्ने र विपक्षीहरूलाई समेत नतमस्तक गर्ने क्षमता भएका हुन्छन् ।

अझ स्वार्थ लोभ र मोहबाट निकै पर वर्गीय प्रेम भावले ओतप्रोत एउटा अशल कम्युनिस्ट देशको राजनेता हुन सक्छन् । वास्तवमा नै निजी स्वार्थ भन्दा पर, लोभ लालच भन्दा टाढा पार्टी तथा अरू कुनै पनि स्वार्थ भन्दा माथि उठेपछि व्यक्ति राजनेता हुन्छ । राजनेता वन्नको लागि सदाचार र समभाव सहितको कम्युनिस्ट आचरण पालना गर्नु अनिवार्य छ । कम्युनिस्ट आचरण र जनमुखी कार्यशैली छोडेर आत्म प्रसंसा र व्यक्तिवादी अहम पालेर कोही पनि नेता त परको कुरा सम्मानित व्यक्ति पनि हुन सक्दैन ।

प्रतिक्रिया