प्रदेश १ का १४ संक्रमित निको भई घर फर्किए

मोरङ । प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित झापा र सुनसरीका एक–एक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या ७०४ पुगेको छ ।

यस्तै प्रदेशबाट बिहीबार १४ जना संक्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई संक्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएका छ । प्रदेशबाट अहिलेसम्म निको हुनेको संख्या ५४१ पुगेको छ ।

प्रतिक्रिया