‘मेरो दिल’ को गीत सार्वजनिक

काठमाडौं । गायक करणराज गिरीको आवाज तथा संगीत रहेको गीत ‘उनी र म’ सार्वजनिक भएको छ । प्रेमकथामा आधारित चलचित्र ‘मेरो दिल’ गीतको शब्द नारायण जलनको रहेको छ । प्रेमपीडा भावको गीतमा रेखा शाह र नरेश योगीको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडीको अभिनय छ ।

चलचित्रको रिलिज मिति अनिश्चित भए पनि प्रचार प्रसारको कामलाई विस्तारै अघि बढाउने लक्ष्यका साथ गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । नवीन पन्तले निर्देशन गरेको यो चलचित्रमा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत डिके लगायतका कलाकारको अभिनय छ ।

गीता शर्मा, सलिना लामा, हरि शर्मा र टेरिसा खड्का निर्माता रहेको यो चलचित्रको छायांकन विनोद सापकोटाले गरेका छन् । प्रेमभावमा आधारित यस चलचित्रले नेपाली समाजको वास्तविक चित्रलाई उतारेको निर्देशक पन्तले बताए । उनले भने, ‘यो चलचित्र कोरोना महामारी शान्त भएपछि रिलिज गरिने छ ।’

प्रतिक्रिया