अमेजनमा ‘चिनी कम रंग कडा’

काठमाडौं । विवेक घिमिरेले निर्देशन गरेको चलचित्र ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमार्फत सार्वजनिक गरिएको छ । जुलाई १ मा रिलिज गरिएको यो चलचित्र हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने बनाइएको छ ।

नेपालमा भने केही समयपछि यो प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । यसअघि चलचित्रको गीत र टिजर सार्वजनिक भइसकेका छन् । चलचित्रमा सुशील सिटौला, अनु थापा, सुर्य थापा, जीवन भट्टराई, मानव सुवेदी, रविनजंग थापा, प्रकाश भुजेल लगायत कलाकारको अभिनय छ ।

यो चलचित्रका लेखक तथा निर्माता गणेशदेव पाण्डे हुन् । मानव सुवेदीको संगीत रहेको चलचित्रको गीत सुशील सुवेदीले लेखेका छन् । त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया