कोरोना रोकथाममा प्रहरीको सकृयता तिव्र

पाँचथर । कोरोना रोकथामका लागि पाँचथर प्रहरीले सकृयता तिव्र बनाएको छ । मंगलबार फिदिम नगरपालिकाको गणतन्त्र चोकमा नागरिकलाई कोरोनाबारे प्रहरीले सचेत गराएको थियो ।

निजि सवारीसाधनमा सवार र पैदल यात्रीहरुलाई ड्युटीमा रहेका महिला प्रहरीसहितको टोलिले माक्स लगाएर हिँड्न आग्रह गरेका थिए । रोकथाम सचेतना अभियान गृहमन्त्रालयको निर्देनश पालना गरेको डिएसपी सिद्धराज न्याउपानेले जानकारी दिए ।

प्रतिक्रिया