‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार कोरोना भाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।

डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’

यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोनाभाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न नसकिने बताएका छन् ।

उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन । यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौं । ’

यसअघि विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छ्टिटाको माध्यमले फैलने गर्ने बताउँदै आएको थियो ।

डब्ल्यूएचओले मानिसहरुले कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो तर अब यदि हावामार्फत् भाइरस फैलने कुरा प्रमाणित भएको खण्डमा ३.३ फुटको दुरी र सामाजिक दुरीको नियममा परिवर्तन गर्न आवश्यक छ ।

प्रतिक्रिया