बाघको छाला र हड्डीसहित पक्राउ

काठमाडौं । बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित पक्राउ गरेको हो ।

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।

प्रतिक्रिया