खोजखबर

सिन्धुपाल्चोकमा पहिराले घर बगायो

सौर्य अनलाइन २०७७ असार १९ गते १७:०३ मा प्रकाशित

सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको छ । साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ ।

स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब ६ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।

त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय