खोजखबर

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण

सौर्य अनलाइन २०७७ असार १७ गते ९:१४ मा प्रकाशित

काठमाडौं । नेपालमा बुधबार बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका हुन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर थप २८ जनामा कोरानो संक्रमित भेटिएको जनाएको हो।

आज नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ।

यसै गरी चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालले जनाएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय