प्रधानमन्त्रीले किन बोलाए मन्त्रीलाई बालुवाटार ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिमा प्रधानमन्त्रीको राजीनामा माग गर्दे चर्को दवाव परे पछि प्रधानमन्त्री ओली आफू निकटका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्।

मंगलबारको बैठकमा उनको राजीनामा मागिएपछि आज बिहान प्रधानमन्त्रीले परामर्श गर्न भन्दै मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्। मन्त्रीहरूलाई बालुवाटार आउन बिहान ७ बजे भनिएको एक मन्त्रीले बताए । उनले मन्त्रीसहित आफू निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतलाई पनि बोलाएको स्रेतले बतायो ।

बोलाइएका सबै बिहानै बालुवाटार पुगिसकेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आन्तरिक परामर्शका लागि मन्त्रीहरूलाई बोलाइएको हो । यसबारेमा थप जानकारी दिइएको छैन । उनले अप्रत्यासीत रुपमा मन्त्रीहरुलाइ किन बालुवाटार बोलाए भन्ने कौतुलता नेताहरुमा देखिएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए। उनी अहिले पार्टी भित्र निकै दवावमा परेको एक नेताले बताए । ‘स्वेच्छाचारी रुपमा पार्टी चलाउँदै आएका उनी स्थायी कमिटी फेस गर्न यस्तै अवस्था आउला भनेर टार्दे आएका थिए,’ ती नेताले भने ।

प्रतिक्रिया