भारी मात्रामा लागुऔषधसहित एक पक्राउ

सिरहा । विशेष सूचनाको अधारमा लहान प्रहरीले चेकजाँचको क्रममा भगवानपुर गाउँपालिका– २ गमहरियाबाट एक जनालाई ७७२ पिस लागूऔषधको एम्पुलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरीको खड्क नगरपालिका– ९ बस्ने १८ वर्षीय धिरेन कुमार राम रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापा श्रेत्रिले जानकारी गराएका छन् । उनीहरुलाई राती पक्राउ गरेको हो ।

पक्राउ परेका रामको साथबाट लागुऔषध नोफिन –२५८ एम्पुल , ल्यावोरेट– २५६ एम्पुल , र फेनारगन – २५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । भारतीय बजारबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । गाउँ–गाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको कारोवार फैलँदो छ । सीमादेखि काठमाडौं मात्रै नभइ पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ । तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवा पुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्।

लागुऔषध धन्दामा सीमा पारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ । एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पुर्याउने गरेको तथ्य फेला परेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख शरत कुमार थापा श्रेत्रिले बताए । डिएसपी थापाका अनुसार सीमादेखि सहरसम्म निगरानी बढाएर नियन्त्रण अभियान सञ्चालन गरिएको छ ।

प्रतिक्रिया