अनेरास्ववियु कालिकोटको एकता टुंगियो

कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कालिकोटको एकता प्रक्रिया टुंगिएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकता टुंगिएको हो । लामो समयदेखि एकता हुन नसकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटिको देशभर जस्तै कालिकोटमा पनि सहज रुपमा एकता भएको छ ।

अनेरास्ववियु कालिकोटमा मनसिंह शाही संयोजक, सन्तोष महतारा सह संयोजक रहने गरि ५१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । यस्तै, अनेरास्ववियु कालिकोटमा १७ सदस्यीय सचिवालय सदस्य र ७ सदस्यीय कार्यालय टिम रहने गरि गठन गरिएको हो । अनेरास्ववियु केन्द्रीय सदस्य भीमप्रसाद आचार्यले भने अबका दिनमा एकता कहिल्यै नटुंगिने र मजबुत बनाएर लैजाने, समाजमा आइपरेका विभिन्न घटना माथि सकारात्मक सोच लियर विरोध गर्दै समाधान खोज्ने बताएका छन् ।

उनले विद्यार्थीको हितका लागि अनेरास्ववियु सधै लागि रहेको बताए । साथै, नेपालका विभिन्न ठाउँमा रहेका बिद्यालयमा महँगो शुल्क लिएर विद्यार्थीलाई ठग्ने, अभिभावकलाई पीडा दिने जस्ता हर्कत गर्नेलाई अनेरास्ववियुले सावधानी दिनेछ । कार्यक्रमका विशेष अतिथि प्रेस संगठनका जिल्ला संयोजक भरतराज विष्टले एेतिहासिक एकता प्रक्रियालाई पूर्णता दिन उकाली–ओराली, भिर–पाखा नभनी अनेरास्ववियुका नेताहरुले विद्यार्थीको हितका लागि मात्र नभएर नेपालको राजनैनिक अवस्थासहि बुझेर कामको सहि विश्लेषण र गलत कामको सजकता अपनाउन पहल गर्दै विरोध गर्न आग्रह गरे ।

विष्टले अनेरास्ववियु जस्तो गौरवशाली विद्यार्थी संगठनमा कुनै किसिमको भेदभाव नहुने गरि एकता प्रक्रियामा खटपट नआओस् भन्दै नयाँ कमिटिलाई बधाइ दिए । यस्तै, अनेरास्ववियुका जिल्ला संयोजक मनसिंह शाहीले अबका दिनमा अनेरास्ववियु एक्लो नहुने बताएका छन् । अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एक हुँदा अब हिँजोका दिनमा भन्दा अबका दिनमा नयाँ काम गर्न सकिने बताए ।

उनले नेपाल भरिका प्रत्येक विद्यालयमा गठन भएका अनेरास्ववियुका कमिटीले देशकै शिक्षा प्रणालीमा परिवर्तन ल्याउन सक्नुपर्ने बताउँदै पार्टीले पनि संगठनलाई सहयोग गर्नुपर्ने बताए । अनेरास्ववियुका वरिष्ठ जिल्ला कमिटी सदस्य एवं पूर्व अनेरास्ववियुका संयोजक प्रभानन्द आचार्यले सधैका वर्षमा अनेरास्ववियु एक्लै भएपनि काम गरिरहेको बताउँदै अब दोब्बर काम गर्नुपर्ने समय आएको बताए । एकता प्रक्रियापछि अनेरास्ववियु झन विकासको बाटो खोज्दै लम्कने बताउँदै सम्पूर्णलाई शुभकामना दिए ।

प्रतिक्रिया