रौतहटको बौधिमाई र ईशनाथ नगरपालिका सिल

काठमाडौं । रौतहटको बौधिमाई नगरपालिका र ईशनाथ नगपालिका स्थानीय प्रशासनले सिल गरेको छ ।

जिल्लाको बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्म सिल सिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सिल गरिएका नगरपालिकाहरुका नागरिकलाई नगरपालिकाबाट वाहिर जान वा बाहिरबाट आउन नपाउन रोक लगाइएको छ। बौधिमाई नगरपालिकाको केही कर्मचारीमा संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक अन्तरिक कार्यबाहेक सम्पूर्ण सेवाहरु समेत बन्द गरेको छ।

यसै गरी बौधिमाई नगरपालिका वडा –७ र ८ को कार्यालय पनि बन्द गर्न प्रशासनले आदेश दिएको छ। जनप्रतिनिधिसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र सात कर्मचारी गरी कुल १४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका एक कर्मचारीले बताए ।

प्रतिक्रिया