भारत–चीन सीमामा भारतले गर्यो एयर डिफेन्स हतियारसहित सेना परिचालन

एजेन्सी । भारत–चीनको सीमानाका पूर्वी लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामणलाई दुरुत्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डिफेन्स हतियार प्रणालीसहित सैन्य संख्या बढाएको छ । यसबारे भारतीय सञ्चार माध्यम ‘द हिन्दूस्तान टाइम्स’ ले समाचारमा जनाएको छ ।

यसअघि गलवान क्षेत्रमा भएको भीडन्त २० भारतीय सैनिक मारिनुका साथै १५ जना घाइते भएका थिए । त्यस्तै चीनतर्फ भने अहिलेसम्म क्षतिको कुनै विवरण सार्वजनिक भएको छैन । ‘पूर्ण तयार हुनुपर्ने यो अवस्थामा हामी कुनै पनि घटनाका लागि तयार छौं भनेर समन्वयकारी भूमिका निभाइरहेका सबै निकायबाट आवश्यक मापदण्ड अपनाइएको छ,’ नाम उल्लेख नगरिएका एक व्यक्तिले भनेका छन् ।

भारतको सैनिक आर्सनलमा स्थानीय आकाश, इजरायली स्पाई डेर, सेभियतकालिन पेचोरा र ओएस–एके प्रणालीजस्ता एयर डिफेन्स हतियार समावेश छन् । एयर डिफेन्स प्रणालीले फाइटर जेट, हेलिकप्टर र एरियल गाडीहरुको निशाना रोक्न सक्छ । ‘चिनियाँ पक्षले सैनिक बढाएसँगै प्रतिक्रिया स्वरुप हामीले पनि आफ्नो सेना र हतियार बढाएका छौं । हामी सीमा क्षेत्रमा कडा रुपमा चनाखो भइरहेका छौँ, पिएलएले चाल्ने कुनै पनि खतरनाक कदमको प्रतिक्रिया दिन पूर्ण तयार छौं,’ अर्का एक अधिकारीले भनेका छन् ।

वरिष्ठ भारतीय र चिनियाँ अधिकारीबीच २२ जुनमा सीमा क्षेत्रमा हिंसा निम्त्याउने गरी कुनै कदम नचाल्ने सहमति भएको थियो । यदी, चीन रोकिएको छैन, बरु गलवान क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको छ । १५ जुनमा भारतीय र चिनियाँ फौजबीच भिडन्त भएको स्थाननजिकै तथा अन्य ठाउँमा सैनिक संख्या, सैन्य गाडी, अन्य उपकरण र भौतिक पूर्वाधार निर्माण बढाइरहेको छ ।

‘जब परिस्थितिको अन्त्य हुने अवस्था अनुमान लगाउन सकिन्न, सैन्य सावधानीले त्यतिबेला सबैभन्दा खराब अवस्थाका लागि तयार रहनु भन्छ,’ अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल बीएस जैसवालले भनेका छन् ।

प्रतिक्रिया