स्वास्थ्य सामग्री वितरण गर्दै सभापति शाही

मुगु । नेपाली कांगे्रस मुगुका जिल्ला सभापति खड्कबहादुर शाही यतिबेला मुगु जिल्लाका विभिन्न निकायलाई स्वास्थ्य सामग्री वितरण गर्दै छन् । उनले जल्लामा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तिय संस्था र पत्रकारहरुलाई स्वास्थ्य सामग्र्रीहरु वितरण गरिहेका हुन् ।

कोरोना भाईरस (कोभिड १९) कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा कोरोना नफैलियोस् तथा सेवाप्रदायक कर्मचारीहरुले विषम परिस्थितिमा पनि ढुक्कसँग जनतामा सेवा प्रवाह गर्न सकुन भनेर आफूले कार्यालयहरुलाई पिपिई सेट, थर्मलगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधि सहयोग गरेको सभापति शाहीले बताए ।

उनले भने, ‘जिल्लामा रहेका २१ वटा बैंक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामग्री वितरण गरेका छौँ ।’ सभापति शाहीले लकडाउनका बेला काठमाडौंलगायत देशका प्रमुख शहरहरुमा अलपत्रप परेका १७७६ जना सर्वसाधारणलाई राहत साम्रगी वितरण गरेका थिऐ भने भारतबाट नेपाल आउँदा नाकामा अलपत्र परेका मुगालीहरुलाई जिल्लामा ल्याउन पहलसमेत गरेका थिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबल बहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामग्रीले मात्र कोरोना रोकथाम तथा नियन्त्रणमा प्रयाप्त नहुने भएकाले यो कार्यमा नेपाली कांगे्रसले गरेको सहयोग सहरानिय भएको बताए ।

कार्यक्रममै सभापति शाहीले मारवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निःशुल्क प्रदान गरिएको औषधि समेत वितरण गरेका थिए । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधि उपलब्ध गराएको छ ।

औषधिलगायत अन्य सामग्री जिल्लामा रहेका ४ स्थानीय तहहरु मध्ये सोरु गाँउपालिकालाई हस्तान्तरण गरिसकेको र बाँकी स्थानीय तहहरु छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ्ग गाँउपालिकालाई पनि छिटै उपलब्ध गराउने जानकारी सभापति शाहीले गराए ।

प्रतिक्रिया