दैलेख । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएको छ । कोरोना भाइरसको संक्रमितको संख्या गुणात्मक हिसाबले बढीरहेको छ । अहिलेसम्म कोरोनाको औषधिसमेत बनेको छैन । यदि औषधि बनीहालेमा नेपालमा औषधि आउन करिब १ वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।
यस्तो अवस्थामा नेपाल सरकारले योगा र आयुर्वेदिक औषधि प्रशस्त मात्रमा उत्पादन गर्नुपर्ने भए पनि सरकारले चिनेन योगा र आयुर्वेदलाई । दैलेखमा कोरोना संक्रमितलाई रोगसँग लड्न प्रतिरोधात्मक आयुर्वेदिक औषधीको प्रयोगसँगै योगा गराइएको छ । अहिलेसम्म सन्चो भएका संक्रमितहरू योगा र आयुर्वेदिक औषधिले सन्चो भएका उदाहरण देखिने गरेका छन् ।
देशमा यस्तो परिस्थिति आउँदासमेत ३ तहकै सरकारले योग र आयुर्वेदिक औषधितर्फ कुनै चासो नै नदिएको योगा प्रशिक्षक तथा आयुर्वेद वैद्यहरूले बताउँने गरेका छन् । उनीहरूका अनुसार छैटौँ विश्व योगा दिवस मनाइरहँदा समेत योग र आयुर्वेदलाई सरकारले चिन्न नसकेको हो ।
संघीय सरकारले बजेट भाषणमा यस्ता कुरालाई बाहेक गराई अन्य कुरालाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले ल्याएका योजनाहरू सुन्दा अचम्म लाग्ने खालका छन् । तर, योगा र आयुर्वेदलाई कुनै खालको बजेट नै छुट्याइएको देखिँदैन । स्वास्थ्य क्षेत्रको गुणगान धेरै गाएको कर्णाली प्रदेश सरकारले स्वास्थ्य १ अर्व ५० करोड ५८ लाखको बजेट निर्धारण गरेको छ । तर योग र आयुर्वेदलाई मात्र भनेर कुनै कार्यक्रम समावेश भएको देखिँदैन ।
जडीबुटीको खानीसमेत रहेको कर्णाली प्रदेशमा जडीबुटीमात्र प्रशोधन गर्न सकेको खण्डमा कर्णाली प्रदेशले अरूको निर्भरतामा बस्नुपर्ने थिएन । तर, सरकारले यसो गर्न सकेन । बरु भएका आयुर्वेदलाई बजेट कटौती गर्दै गएको आयुर्वेद औषधालयहरूले बताउँने गरेका छन् ।
जडीबुटीहरूले कुनै पनि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने हुँदा सरकारले आयुर्वेदलाई प्राथमिकता दिनुपर्नेमा बेवास्ता गरिएको जनगुनासो आउँने गरेको छ । यस वर्ष विश्व योगा दिवस कुनै कार्यक्रमको आयोजना गरेर मनाउन सकिने अवस्था छैन । तर, क्वारेन्टाइनमा बसेका कोरोनाका बिरामीलाई यहाँका स्थानीय तहहरूको सहकार्यमा सधैँजसो योगा र आयुर्वेदिक उपचार गरिँदै आएको छ ।
जिल्लामा भएका प्राय बिरामीहरूलाई रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउँनको लागि अन्य औषधिसँगै प्रतिरोधात्मक आयुर्वेदिक औषधि प्रयोग गरिएको छ । कोरोनाका बिरामीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकिस्या विभागको निर्देशनमा दैलेखका धेरै जसोलाई अश्वगन्धा, यष्टिमधु, तुलसी चिया, गुढुची (गुर्जो) लगायतका औषधिको प्रयोग गरिएको स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा दैलेखका आयुर्वेद चिकित्सक डा. प्रशन्न नेपालले जानकारी दिए ।
योगा गर्ने कुनै उमेर नचाइने जहाँ र जहिले पनि आफ्नो दैनिकी बनाउने हिस्सा आम नागरिकको हुन्छ । हामीकहाँ योगाको अभ्यास सदियौँदेखि हुँदै आएको छ । हाम्रा पुर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगाको महिमा र महत्वलाई पछिल्लो ढिपीले भुल्दै गएको छ । जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो ।
यसलाई योगाले महत्वपूर्ण भूमिका खेलेको हो । योगाको सूत्रधार महर्षि पतञ्जलिलाई मानिन्छ । उनले योगा अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौँ शताब्दीअघि जन्मिएको पनि पाइन्छ । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरेर त्यसलाई विस्तार गरे । उनले योगा सूत्र लेखे, खासमा उनी योगाको प्रमाण, चेतना र मानवीय परिस्थितिको सूत्र हुन् । विज्ञहरू भन्छन्, ‘योग ब्रह्माण्ड जतिकै प्राचीन हो, योगको उद्देश्य जीवनलाई साँचोरूपमा बुझ्नु हो, आफूलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नुसमेत रहेको छ ।’
दैलेख
प्रतिक्रिया