कोरोनाको पिसिआर परीक्षण दैलेखमै

दैलेख । कोरोनाको उच्च जोखीममा रहेको दैलेख जिल्लामा पिसिआर मेसिन आएसँगै अब कोरोनाको पिसियार परीक्षण दैलेखमै हुने भएको छ
कोरोना संक्रमण फैलिएसँगै दैलेखमा कोरोना चेकजाँचको लागि अब दैलेखले अन्य ठाउँको भर पर्न नपर्ने समय आएको दैलेख स्वास्थ्य सेवा कार्यालय जनाएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट पिसिआर मेसिन खरिद गरिएको हो ।

पिसिआर मेसिन नहुँदा दैलेखमा संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनु पर्ने बाध्यताको समेत अन्त्य हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणमा ढिलाई भएका कारण मेसिन खरिद गरिएको प्रतिनिधिसभा सदस्य एवं स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन समितिका संयोजक रविन्द्रराज शर्माले जानकारी दिए ।

दैलेखमा प्रयोगशाला स्थापनाका लागि भवन निर्माणाधिन अवस्थामा रहेको छ । पशु सेवा अस्पताल कार्यालय परिसरमा भवन निर्माण अन्तिम चरणमा पुगेको हो । भवन निर्माण सकिए लगत्तै मेसिन जडान गरेर परीक्षण थालिने सांसद शर्माले बताए । पिसिआर मेसिनसहित अन्य उपकरण र स्वाब संकलनका लागि एक हजार किट शुक्रबार दैलेखमा आइपुगेको छ । प्रयोगशाला सञ्चालनका लागि ६ जनाको प्राविधिक टोली दैलेख आइसकेको सांसद शर्माले बताए .

निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्त दैलेख बजार–महाब कालिकोट सडकखण्ड निर्माणका लागि ५ करोड ४लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको थियो । उक्त सडकको टेण्डर घटाउँदा बाँकी रेहको रकमबाट मेसिन गरिद गरिएको हो । उक्त मेसिन दैलेखमा आए पनि परीक्षण भने १० गतेबाट सुरु हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया