सुर्खेत र जुम्लाले स्वाब नलिएपछि सल्यानको काठमाडौं पठाइयो

सल्यान । प्रदेश अस्पताल सुर्खेत र जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलन गरिएका स्वाब लिन नमानेपछि सल्यानका स्वाब काठमाडौं पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ढिला गर्ने र सुर्खेत र जुम्लाले लिन नमानेपछि काठमाडौं पठाइएको दार्मा गाउँपालिका सल्यानले जनाएको छ ।

भारतबाट आई क्वारेनटाइनमा बसिरहेका १ सय ८४ जनाको स्वाब संकलन गरी गाउँपालिकाकै एम्बुलेन्समा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । क्वारेन्टाइनमा बसेको धेरै समय भएको र स्वाब रिपोर्ट आउन पनि नसक्दा क्वारेन्टाइन व्यवस्थापनमा निकै समस्या भएको उनले बताए ।

स्वांब संकलन गरेको ४८ घण्टादेखि तीन दिनको बीचमा आउनुपर्ने रिपार्ट दुई हप्ता बितिसक्दासमेत नआउने गरेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय सल्यानका अनुसार ३ हजार ५ सय ८३ जनाको स्वाब संकलन गरिएकोमा २ हजार १ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया