पोखरामा कक्षा ११ प्रवेश तयारीको लागि निःशुल्क अनलाईन शिक्षा सुरु

काठमाडौं । पोखरामा कक्षा ११ प्रवेश तयारीको लागि निःशुल्क अनलाईन शिक्षा सुरु गरिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई शैक्षिक हब बनाउन कम्तिमा एउटा इट्टा थप्ने उद्देश्यका साथ स्थापना भएको संस्था ‘बेस्ट एकेडेमी पोखरा’ ले २०७६ सालको एसईई कोरोना भाइरसका कारण स्थगित भएपछि विद्यार्थीहरुलाई समय सहज भएर कक्षा ११ मा भर्ना हुनका लागि निःशुल्क अनलाईन प्रवेश परीक्षा तयारी शिक्षा पोखरामै पहिलो पटक सोमबारबाट सञ्चालन सुरु गरेको हो ।

साथै, विज्ञान व्यवस्थापन र होटलव्यवस्थापनको कक्षाहरु सञ्चालन गरिने उक्त एकेडमीका सञ्चालक तथा प्रबन्धक निर्देशक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। आज सञ्चालन भएको पहिलो विज्ञान समूहमा देशभरका विभिन्न जिल्लाबाट जम्मा ६७ जना विद्यार्थी सहभागी भएका थिए । आजको कक्षामा मुकुन्द वस्तीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया