स्वास्थ्यको लागि लाभदायक अनार

शरीरलाई स्वास्थ्य राख्नका लागि अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् । किनकी अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिनहरु पाइन्छ ।

अनार खानुको फाइदा यस्ता छन्

  • हरेक दिन अनारको जूस खानाले रक्तसंचार प्रवाहमा मद्दत पुर्‍याउछ ।
  • अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ ।
  • नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ ।
  • अनारले आइरन कमी हुन दिदैन र एनिमियाबाट बचाउँछ ।
  • अनारले प्रोस्टेट क्यान्सर हुने खतराबाट बचाउँछ ।
  • अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।
  • नियमित अनार खादा अनुहार र शरीरको छालालाई स्वास्थ्य र चम्किलो बनाउँछ ।
  • अनारले दाँत सम्बन्धी समस्याबाट बचाउछ ।
  • गर्भवती महिलाले अनार सेवन गरेमा उनको गर्भमा रहेको शिशू पनि स्वास्थ्य रहन्छ ।
  • वृद्धवृद्धाहरुले अनार खादा अल्जाइमर अर्थात विर्सने रोगबाट बच्न सकिन्छ ।
  • लामो आयु र क्रियाशील जीवनयापनका लागि नियमित रुपमा अनारको जुस सेवन गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया